विद्यालय समायोजन भएनन्

काठमाडौँ, २२ फागुन । ललितपुर महानगरपालिकाभित्रका विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन हुनसकेका छैनन् ।विद्यालय समायोजनपछि कार्यरत शिक्षकको समेत समायोजन गर्नुपर्ने भएकाले समायोजन गर्न नसकिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले तीन वर्ष पहिले महानगरपालिका ९साविक उपमहानगरपालिका० भित्रका चार सामुदायिक विद्यालय समायोजन गरेको थियो ।

महानगरपालिका आफैँले भने कुनै पनि विद्यालय समायोजन नगरेको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादूर क्षेत्रीले बताउनुभयो । महानगरपालिकाका धेरै विद्यालयमा विद्यार्थीको सङ्ख्या नियमावलीमा तोकिएको सङ्ख्या भन्दा कम रहेको छ । अधिकांशमा केही कम भए पनि कतिपय विद्यालयमा न्यूनतमभन्दा ज्यादै कम रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी कम भएका विद्यालय र शिक्षक दुबै समायोजन गर्न आवश्यक छ ।” शिक्षा नियमावलीमा न्यूनतम विद्यार्थी सङ्ख्या काठमाडौँ उपत्यका, तराई, हिमाली र पाहाडी क्षेत्रका लागि फरक÷फरक तोकिएको छ । काठमाडौँ उपत्यकामा न्यूनतम ४० विद्यार्थी हुनुपर्ने व्यवस्था छ । त्यसभन्दा कम विद्यार्थी सङ्ख्या भएमा त्यस्ता विद्यालयलाई एकीकरण÷समायोजन वा तह÷कक्षा घटाउन सकिने व्यवस्था रहेको छ ।
महानगरपालिकामा अहिलेसम्म शिक्षासम्बन्धी कानून बन्न नसक्दा त्यसको प्रभाव समायोजनमा समेत परेको महाशाखाले जनाएको छ । कुनै पनि काममा बाधा हुँदा कार्यपलिकाको बैठकबाट निर्णय गराएर कार्यसम्पादन हुँदै आएको प्रमुख क्षेत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षासम्बन्धी नियम बनेपछि त्यसैका आधारमा विद्यालय व्यवस्थापनको काम हुनेछ ।” महानगरपालिकामा अहिले जम्मा दुई सय दुई विद्यालय छन् । सोमध्ये १८२ संस्थागत र ४० सामुदायिक विद्यालय छन् । महानगरपालिकामा ७४ वटा प्रारम्भिक बाल विकास केन्द्र इसिडि छन् । रासस


ताजा खबर

Loading...
Loading...
Loading...