आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २३ फाल्गुन । आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सका सहायक महाप्रबन्धक आशिषसिंह र बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।

सम्झौता पछि बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबिमा गराउन सक्ने छन। साथै जीवनबिमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ। लाइफइन्स्योरेन्सका देसभरि ६७ बढी शाखा छन्।


ताजा खबर

Loading...
Loading...
Loading...