सुदूरपश्चिममा छाउपडी र मधेशमा दाइजो प्रथा कहिले अन्त्य हुन्छ : दुर्गा सोव

फागुन २४, काठमाण्डौ । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन् ।

दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा कार्यक्रममा महिला अधिकारकर्मी तथा नयाँ शक्ति पार्टीकी सह संयोजक दुर्गा सोवले नेपालमा अझै पनि पुरुष र महिला समान हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले पछिल्लो एक दशकमा राजनीतिक रुपमा महिलाले फड्को मारे पनि पर्याप्त नभएको बताइन् ।

सुदूरपश्चिम प्रदेशमा छाउपडी र मधेशमा दाइजो जस्ता कुप्रथाको अन्त्य हुन नसक्दा महिला हिंसा कायमै रहेको उनको भनाई थियो ।

नेपालमा महिला अधिकारकर्मीहरु आफू आवद्ध दलको आवश्यकतामा मात्रै आन्दोलन र संघर्षमा उत्रिने गरेको सोवको आरोप छ । स्वार्थकेन्द्रित आन्दोलनका कारण महिलाको हक अधिकार अझै पनि सुनिश्चित हुन नसकेको उनको तर्क थियो ।

उनले निर्मला पन्तको बलात्कारी अझै पनि पत्ता लाग्न नसकेकोमा असन्तुष्टी व्यक्त गरेकी छिन् । उनले हत्यारा पत्ता लागिसके पनि सरकारले सार्वजनिक गर्न नचाहेको हो कि आशंकासमेत व्यक्त गरिन् ।


ताजा खबर

Loading...
Loading...
Loading...