डा. केसी र कागजको टोपी लगाउनेहरु वास्तविक माफिया हुन् : थापा (भिडियोसहित)

काठमाडौँ, २४ फागुन । शिक्षा अभियान्ता विजय थापाले काठमाण्डौ उपत्यकाबाहिर प्रशस्त मात्रामा शिक्षण अस्पताल खोल्ने खुलाउने वातावरण सृजना गरी नेपाली विद्यार्थीहरुलाई विदेशिनुपर्ने र लुटिनुपर्ने बाध्यताबाट मुक्त गराउन माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले यस्तो माग गरेका हुन् । उनले नेपलाको समग्र स्वास्थ शिक्षा क्षेत्रलाई तहसनहस बनाउन विगतदेखि नै एउटा गिरोह लागिपरेको आरोप लगाएका छन् ।

मुठ्ठीभर माफियाको दलाल बनेर आमरण अनशनको नाटक मञ्चन गर्दै लम्पसार पर्ने डा.गोविन्द केसी र कागजकोटोपी लगाएर भाँडभैलो मच्चाउन उद्धत गिरोहको पहिचानलाई छोपेर छोपिने अवस्था अब छैन । उनले भने ।

हजाराँै नेपाली विद्यार्थी बंगलादेश, भारत, अष्ट्रेलियालगायतका देशमा लुटिएका र ठगिएका पनि दृष्टान्त सुनाए । उनले भने–हजारौँ विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।

उच्च शिक्षा आर्जनकै नाममा नेपालको अरवौँ रुपैयाँ विदेश पलायन भएको छ । डा. केसी र कागजको टोपी लगाएर बुर्कुसी मार्ने गिरोहसँग यसको हिसाबकिताब माग्न अब ढिला गर्नुहुदैन । थापाले भने ।

आफूले विगत लामो समयदेखि नेपाली विद्यार्थीको हकहितको निम्ती आवाज उठाउँदै आएको सुनाउँदै थापाले आफ्ना विरुद्धमा गोविन्द केसी र केही थान कागजको टोपी लगाउनेहरु नै लागिपरेको आरोप लगाए ।

डा. केसी र कागजको टोपी लगाउनेहरु नै नेपालको स्वास्थ्य शिक्षा क्षेत्रको वास्तविक दलाल र माफिया भएको थापाको गम्भीर आरोप छ । उनले भने–गोविन्द केसीको अनसशनको नाटकको पराकाष्ठा नाघिसकेको छ । हिजो यिनै डाक्टर केसीले अनसनका नाममा लम्पसार परेकै बलमा भ्रष्ट माफिया दलाल जगदीश अग्रवाललाई डिन बनाएको इतिहास साक्षी मात्रै छैन, नेपालमै पहिलो पटक एमबीबीएस परीक्षा अगाडि नै प्रश्नपत्र बेचिएको कालो कर्तुत पनि साक्षी छ ।

आम नागरिकलाई सरकारले शिक्षा र स्वास्थ्यमा निशुल्क गर्नुपर्ने माग गरेका छन् । शिक्षा, स्वास्थ र रोजगार जस्ता र सम्पुर्ण नेपालीहरुका मौलिक अधिकारबाट कोही पनि नागरिक बन्चित नहुन भन्नका लागि सरकारले निशुल्क गर्नुपर्ने माग गरेका हुन ।

“हामी निरन्तर सडक मार्फत दबाब दिदै आइरहेको सर्बबिदितै छ, हाम्रो माग प्रष्ट छ स्वास्थ शिक्षा जस्तो अत्यन्तै संबेदनसिल क्षेत्र सबै नागरिकको पहुँचमा निशुल्क र सर्बसुलभ हुनुपर्छ भन्ने नै हो”–पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अभियानकर्मी थापाले नेपालमा मेडिकल कलेजहरु कै अभावमा अध्ययन कै लागी बिदेशीनुपर्ने बाध्यात्मक कारणबाट हजारौं नेपाली दाजुभाइ, दिदिबहिनीहरु प्रताडित भएको बताउँदै सरकारले नेपालमा शिक्षामा सबैको पहँुच बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने औँल्याए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्