सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति(भिडियोसहित)

काठमाडौं, २४ फागुन। सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘राजनीतिक सहमति’ घोषणा कार्यक्रम नाम दिईएको छ । सहमतिअनुसार राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् ।

यता, सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे /ReportersNepal.com


ताजा खबर

Loading...
Loading...
Loading...