‘प्रचण्ड र सिके राउतको क्षमता उस्तै’ (भिडियोसहित)

काठमाडौं, २४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतसँग तुलना गरेका छन् । ओलीले स्वतन्त्र मधेस आन्दोलन परित्याग गरेका नेता सीके राउत नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डजत्तिकै क्षमतावान भएको आज टिप्पणी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राउतलाई मूलधारको राजनीतिमा भित्र्याउँदै प्रधानमन्त्री ओलीले यसरी प्रचण्ड र राउतलाई एउटै क्याटेगोरीमा राखेका हुन् । उनले भनेका थिए,‘प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्यासमा आउनुभयो । सीके राउतजीको आन्दोलनपनि उहाँजत्तिकै क्षमतावान रह्यो ।’

ओलीले थप भने,‘जाति–जाति लडाउने र भूगोल–भूगोल लडाउने कुरालाई त्यागेर आउने कुरा चानचुने होइन, देश बनाउन राउतजीको भूमिका महत्वपूर्ण रहनेछ । हिंसारहित बाटोबाट पनि प्रतिक्रियावादी शक्तिलाई पराजित गर्न सकिन्छ भन्ने कुरा सीके राउतजीले सन्देश दिनु भएको छ।’

तस्विर : मुकुन्द कालिकोटे /ReportersNepal.com


ताजा खबर

Loading...
Loading...
Loading...