पूर्व प्रधानमन्त्री नेपालद्धारा समाजसेवी राई सम्मानित

काठमाडौँ, २५ फागुन । समाजसेवी परिकल्पना राई सम्मानित भएकी छिन् । शुक्रबार एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास समाजले राईलाई समाजसेवाको माध्यमबाट विशेष योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा राईलगायत उद्योग, आर्थिक, शिक्षा, समाजसेवा, साहित्य क्षेत्रमा योगदान गर्ने २० महिलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका महिला अधिकार प्राप्ति नहुने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली जनताले पहिलोपटक महिलामुखी तथा समावेशी संविधान बनाएको बताएका थिए ।


ताजा खबर

Loading...
Loading...
Loading...