प्रदेश नं २ मा सरकार परिवर्तन कहिले ?

काठमाडौं २६ फागुन ।  पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । नेकपाद्वारा शनिबार रौतहटको गरूडामा आयोजित प्रदेश नं २ स्तरीय आमसभामा अध्यक्ष दाहालले प्रदेश नं २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नगरेको प्रस्ट पारे । उनले आफ्नो दल प्रदेश नं २ को सरकारलाई उदारतापूर्वक काम गर्न दिने पक्षमा रहेको बताए ।

कम्युनिष्ट सरकारका बारेमा तराई मधेस विरोधीको भ्रम फैलाउने प्रयास भइरहेको प्रति सजग रहन आम जनसमुदायलाई आग्रह गर्दै उनले सरकारले तराई मधेसका लागि विशेष परियोजना कार्यान्वयन गरेको बताए । रौतहट निरंकुशता विरूद्ध विद्रोह गर्ने प्रेरणाको भूमि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तराई मधेसको भविष्यलाई उज्ज्वल पार्न ठूलाठूला परियोजना प्रारम्भ सरकारले गरेको बताए ।
अब सरकार र नेकपाले देशलाई नयाँ युगमा प्रवेश गराउने दिशा लिएको बताउँदै उनले भने, “अब युगान्तकारी परिवर्तनको वातावरण बनेको छ ।” दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध थप विस्तार भएसँगै विकास निर्माण कार्यले पनि तीव्रता पाएको बताउँदै अध्यक्ष दाहालले तराई मधेशका जनतालाई मुक्ति अनुभूति गराउने कार्य सरकारले गरिरहेको बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशवादी दलले आफ्नो पार्टीका बारेमा भ्रमको खेती गरिरहे पनि आफ्नो दल जनताको प्यारो दल बन्न पुगेको बताए । यही भूमिबाट नेपालबाट सामन्तवाद विरूद्ध विद्रोह सुरूआत भएको चर्चा गर्दै उनले वर्तमान सरकार मधेसी जनताको उत्थानमूलक कार्य गर्न सङ्कल्पित रहेको छ भने ।

नेकपाका प्रदेश नं २ का अध्यक्ष प्रभु साहले तराई मधेसको विकासका लागि केन्द्रीय सरकारले गरेका प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिए । कान्तिपुरबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्