सरकारी आयोजना ११ वर्षदेखि अधुरै, निजी लक्ष्यभन्दा पहिले

काठमाडौं २६ फागुन । सरकारी विद्युत् आयोजना कुलेखानी तेस्रो निर्माण सुरु भएको आठ वर्षपछि निर्माण थालेको निजी क्षेत्रको माण्डु हाइड्रोको निर्माण कार्य सकिएको छ । तर कुलेखानी तेस्रोबाट अझै पनि विद्युत् उत्पादन हुन सकेको छैन ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारस्थित १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणका केही काम अझै बाँकी रहे पनि भीमफेदीकै इपापन्चकन्यामा २२ मेगावाट विद्युत् क्षमतको माण्डु हाइड्रोको निर्माण सकिएको हो ।

शनिबारदेखि बाँधमा पानी जम्मा गर्न सुरु गरिएको बताउँदै आयोजनाका इन्चार्ज मनोज सिंहले एक साताभित्र परीक्षण उत्पादन सुरु हुने बताए । उक्त आयोजना निर्माणसँगै वागमतीको फोहर पानीको पनि सदुपयोग हुने भएको छ ।

माण्डु हाइड्रोपावर लिमिटेड पवद्र्धक रहेको उक्त आयोजनाबाट आजदेखि ६६ केभी प्रशारण लाईन चार्जको लागि विद्युत् उत्पादनको काम सुरु हुने आयोजनाका इन्चार्ज सिंहले बताए ।

प्रशारण लाईन चार्जको समयमा आयोजनाले भीमफेदी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको इपापञ्चकन्यादेखि बगरबेंसी पावरहाउसम्म पशु चौपाया नछाड्न तथा जथाभावी नहिँड्न भनेको छ । अन्नपूर्णपोष्टबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्