गृहमन्त्रीको निर्देशनः ‘चन्दलाई राजनीतिक व्यवहार नगर्नू’

काठमाडौं २६ फागुन । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक ब्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए ।

‘राजनीति गर्ने हो भने जनअभिमतबाट आउनुपर्यो, संविधान पनि मान्नुपर्‍यो’, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने, ‘कानुनविपरित जाने जोकोहीलाई कडा कारवाही गर्नुहोस, असहिष्णु बन्नुहोस ।’

तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिब सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका थिए ।

‘उनीहरुको भनाइ थियो, ‘चन्दलाई राजनीतिक दल वा उग्र समूह, कुन समूह, कुन रुपमा व्यवहार गर्ने स्पष्ट हुनुप¥यो ।’ कान्तिपुर दैनिकबाट

Share Tweet


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्