सामूहिक सत्याग्रहमा बस्नेहरुमाथि प्रहरीको धरपकड

काठमाडौं, २६ फागुन । २० रोपनीभन्दा कम जग्गा जमिन हुने किसानहरुलाई सरकारले निःशुल्क विउविजन, मल तथा कृषि सामाग्री उपलब्ध गराउनुपर्ने माग राख्दै अनशन बसेका मिसन नेपालका सदस्यहरुमाथि प्रहरी प्रशासनले धरपकड गरेको आरोप लागेको छ ।

शनिबार विहान ११ बजेदेखि काठमाडौंको माईतीघर मण्डलामा उक्त माग राखि सामूहिक सत्याग्रह गरिरहेकै अवस्थामा प्रहरीले धरपकड गरेको मिसन नेपालकी सदस्य सफलता बोगटीले रिपोर्टर्स नेपालडटकमलाई जानकारी दिईन् ।

मिसन नेपालले पछिल्लो एक वर्षदेखि देशैभरि आफ्नो अभियान चलाएको छ । उसले वैदेशिक रोजगारको सिलसिलामा निधन भएका परिवारका सदस्यहरुलाई २० लाख अनुदान दिनुपर्ने र मृत्तकका छोराछोरीहरुलाई माध्यामिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नुपर्नेपनि माग गर्दै आएको छ ।

अनशनमा बसेका श्रीराम घिमिरे, पुरुषोत्तम गजुरेल, केशब प्रसाद उप्रेती, सुदिप गजुरेल, महेन्द्र लामिछाने, झलक बहादुर बस्नेत, सुशिलराज वाग्ले, सफलता बोगटी, गायत्री सापकोटा र सरिता पण्डितलाई प्रहरीले धरपकड गरेको हो । उनीहरु काठमाडौंको रत्नपार्कस्थित् शान्तिवाटिकमा शान्तिपूर्ण रुपमा सामूहिक सत्याग्रहमा बस्दा प्रहरीले धरपकड गरेको हो ।

मिसन नेपालले ‘म बनाउँछु मेरो देश’ भन्ने मूल नारासहित आफ्नो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउँदै आएको पनि सदस्य बोगटीले जानकारी दिईन् ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्