राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए ।

किसान आयोगले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको पनि उनले दाबी गरे । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’

उनले राजपातर्फ संकेत गर्दै केही मान्छे कुनाकाप्चामा छटपटाएको तर, त्यो विरालो रिसायो भने खाँबो चिथोर्छ भनेजस्तै मात्र भएको बताए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com


ताजा खबर

Loading...
Loading...
Loading...