सिके राउतसँगको सहमतिबारे संसदमा छलफल हुनुपर्छ : गगन थापा

काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकार र सिके राउतबीच भएको सहमतिबारे सदनमा छलफल हुनुपर्ने माग गरेका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठक बोल्दै सांसद थापाले यस्तो माग गरेका हुन् । उनले सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने भनी भएको सहमति सकारात्मक भए पनि जनमत संग्रहको विषय गम्भीर भएको बताए।


ताजा खबर

Loading...
Loading...
Loading...