जनताको शिर उच्च बनाउन स्वाभिमान यात्रा

राँझा, २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले देश र जनताको शिर उच्च बनाउन मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गरिएको बताउनुभएको छ ।

नेपालगञ्जमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यात्राले नेपालको सनातन हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा र समग्र विकासका लागि जनतालाई जागृत बनाएको जिकिर गर्नुभयो । “राष्ट्रप्रतिको स्वाभिमानमा कमी आउनु हुँदैन, त्यसैले सनातन हिन्दू धर्मको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा गर्दै समग्र विकासका लागि जनता उठाउन र गाउँघर ब्युझाउन स्वाभिमान यात्रा गरिएको हो”, उहाँले भन्नुभयो ।

पैसाको बलमा गाउँगाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको जिकिर गर्दै अध्यक्ष थापाले सबै धर्मको सम्मानसहित हिन्दू राष्ट्रको पुनःस्थापना हुनुपर्ने कुरामा जोड दिनुभयो ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...