राजपाका शीर्ष नेताले सिके राउतलाई नचिनेपछि…(भिडियोसहित)

फागुन २७, काठमाण्डौ । सरकार र सिके राउतबीच भएको सहमतिले अलमलमा परेको राजपाका नेताहरु निकै रुष्ट देखिन थालेका छन् ।

राउतसँग सहमित गरेकै भोलीपल्ट प्रधानमन्त्री केप ीओलीले मधेश पुगेर राजपाले जनतालाई झुक्याएर मत ल्याएको आरोप लगाएपछि त झन नेताहरु चिढिएका छन् ।

नेता अनिल झाले त सिके राउतलाई आफूले नचिन्ने भन्दै त्यस विषयमा कुरा गनै इन्कार गरे । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै झाले सरकार र राउतबीचको सहमतिप्रति असन्तुष्टी जनाए ।

केही दिनअघि मात्रै राजपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।


ताजा खबर

Loading...
Loading...
Loading...