सिके राउतले सम्झौताको खिल्ली उडाए, ओली हेरेको हेर्यै : लोहोनी (भिडियो)

फागुन २७, काठमाण्डौ । राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले विखण्डनकारी शक्तिसँग सरकारले सहमति गरेर गल्ती गरको बताएका छन् ।

मुलधारको राजनीतिमा आउने सहमित स्वागतयोग्य भए पनि सहमतिको केही बुँदाका कारण आगामी दिनमा थप समस्या आउने लोहोनीको तर्क छ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले स्वतन्त्र मधेश गठबन्धन र सरकाबीच भएको सहमतिमा उल्लेख गरिएको जन अभिमतमा आधारित लोकतन्त्रको व्याख्या आफ्नै स्वार्थमा गरिनुले गम्भीर प्रश्न उब्जिएको बताए ।

सिके राउत जानकपुर पुग्दा मधेश स्वतन्त्रताका लागि जनमत संग्रह गर्न सरकार तयार भएको नारा किन लाग्यो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने लोहोनीको तर्क छ ।

प्रधानममन्त्री ओलीले नै अराजकताको विधिवत उद्घाटन गरेको लोहोनीको आरोप छ ।


ताजा खबर

Loading...
Loading...
Loading...