रियल मड्रिडद्धारा रियाल भालाडोलीड पराजित

काठमाडौं, २७ फागुन । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले रियाल भालाडोलीडलाई ४–१ ले हराएको छ । गएराति भालाडोलिडको मैदानमा भएको खेलमा फराकिलो जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको हो ।

खेलमा रियाललाई विजयी गराउन करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले एक/एक गोल थपे । जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । ५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...