‘विद्यार्थीलाई संस्कृत शिक्षा नदिलाए नेपालीको पहिचान गुम्ने’

काठमाडौं, २८ फागुन । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले निजी विद्यालयलाई नियोजन नगरी निरीक्षण मात्र गर्नुपर्ने भन्दै नेपालका विद्यार्थी विदेशमा लान खोज्ने माफियाले निजी विद्यालय बन्द गराउने षड्यन्त्र गर्नसक्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् । सरकारको आर्थिक क्षमता कमजोर भएकाले निजी लगानीको क्षतिपूर्ति दिन नसक्ने भएकाले निजी विद्यालयको अस्तित्व यथावत् रहने उनको तर्क थियो । नेता भण्डारीले विद्यार्थीलाई पूर्वीय दर्शन र संस्कृत शिक्षा नदिलाए नेपालीको पहिचान गुम्ने बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...