प्रधानमन्त्रीको राजिनामा माग गर्दे मातृभूमि संरक्षण नेपालद्धारा प्रदर्शन

काठमाडौँ, २८ फागुन। मातृभूमि संरक्षण नेपालको आयोजनामा आज राजधानीमा एक र्यालीको आयोजना गरिएको छ । वसन्तपुरबाट निकालेको र्याली न्युरोड, वीरअस्पताल, रत्नपार्क, शहिदगेट हुँदै पुन:वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो । देशद्रोही सिके राउतसँग गरिएको ११ बुँदे सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गर, राष्ट्रघातीसँग सम्झौता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दे भन्दै उनिहरु हातमा प्ले–कार्ड तथा ब्यानर बोकेर प्रर्दशनमा उत्रिएका थिए ।

 

फोटोःमुकुन्द कालिकोटे


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्