साफ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको ३-० को जित

काठमाडौं, २८ फागुन । पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मंगलबारदेखि विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० ले हराएको हो ।

सहिद रंगशालामा भएको खेलको १३औं मिनेटमा गोल गर्दै मञ्जलीकुमारी योञ्जनले नेपाललाई प्रारम्भिक अग्रता दिलाइन् । त्यसको तीन मिनेटमै गोल गर्दै साबित्रा भण्डारीले नेपालको अग्रतालाई दोब्बर पारिन् । साबित्राको यो २३ औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यस्तै, ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै अग्रतालाई तेब्बर पारिन् । नेपालले निरन्तर पोस्टमा आक्रमण गरेपनि थप गोल भने गर्न सकेन ।

तस्विर सौजन्य : अखिल नेपाल फुटबल एशोसिएशन (एन्फा)


ताजा खबर

Loading...
Loading...
Loading...
    सम्बन्धित शीर्षकहरु