म्यानचेस्टर सिटीको साल्के बिरुद्ध सानदान जित

काठमाडौँ,२९ फागुन ।  प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मनीको साल्के बिरुद्ध ७–० गोल गर्दे अन्तिम ८ को यात्रा तय गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीका लागि सर्जियो अग्युरोले २ गोल गर्दा साने, स्ट्रलिङ, बेर्नान्ड सिल्भा, फोडेन र गाब्रियल जिससले एक–एक गोल गर्दे आफ्नो पक्षमा जित दर्ता गराउन सफल भएका थिए ।

खेलको ३५ औँ मिनेटमा अग्युरोले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै तीन मिनेटपछि अग्युरोले व्यक्तिगत दोस्रो गोल गरे ।त्यसपछि सानेले ४२ औँ मिनेटमा, स्ट्रर्लिङले ५६ औँ मिनेटमा, सिल्भाले ७१ औँ मिनेटमा, फोडिनले ७८ औँ मिनेटमा र जिससले ८४ औँ मिनेटमा गोल गरेका थिए । एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...