युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ,२९ फागुन । ईटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ३–० को जितसहित युभेन्ट्स अन्तिम ८ मा प्रवेश गर्न सफल भएको हो ।क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसंगै एट्लेटिको मड्रिडमाथि ३–० को जितसहित युभेन्ट्स अन्तिम ८ मा प्रवेश गरेको हो।

खेलको २७ औं, ४९ औं र ८६ औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ को यात्रा तय गराए। पहिलो लेगमा लिएको अग्रतालाई जोगाउन नसक्दा एट्लेटिको मड्रिड प्रि क्वाटरफाइनलबाट बाहिरिन बाध्य भएको छ ।एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्