अख्तियार कञ्चनपुरले समात्यो घुस रकमसहित वनका अधिकृत भरतप्रसाद शाह

फागुन २९, काठमाण्डौ । सब डिभिजन वन कार्यालय धनगढी कैलालीका शाखा अधिकृत भरतप्रसाद शाह ३० हजार रुपैयाँ घुस लिँदालिदै पक्राउ परेका छन् ।

विचौलिया पुष्पराज जोशीसँग उक्त रकम घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरको टोलीले शाहलाई पक्राउ गरेको हो ।

अख्तियार कञ्चनपुरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले शाहलाई पक्राउ गरेको सुचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिएका हुन् ।

शाहले चोरी निकासी भएको काठ दाउरासम्बन्धी मुद्धा मिलाइदिने भन्दै विचौलिया जोशीबाट पैसा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विष्टले जानकारी दिए ।

पछिल्लो समय अख्तियार कञ्चपुरले आफ्नो सक्रियता बढाउँदा घुस लेनदेनका घटनामा सहभागिहरु रंगेहात पक्राउ पर्न थालेका छन् ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्