राजपाले समर्थन फिर्ता लिएकोमा ओली खुशी

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले भनेका छन्,‘बिना कारण समर्थन फिर्ता लिनु खुसीको कुरा हो ।’ बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले यस्तो खुशी व्यक्त गरेका हुन् ।

उनले अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्नेजति सबै काम गरेको जिकिर गरेका थिए । उनले भनेका छन्,‘समर्थन फिर्ता लिनु पर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो।’


ताजा खबर

Loading...
Loading...
Loading...