संगठित अपराध गरेकाले विप्वलमाथि प्रतिबन्ध, ३५ दिनभित्र हतियार बुझाउन आह्वान

काठमाडौं, ३० फागुन । सरकारले संगठित अपराध गरेकाले ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाउनुपरेको स्पष्ट पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय आज (बिहीबार) सार्वजनिक गर्दै प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

उनले सरकारले प्रचलित कानुनअनुसार नै विप्लव समूहमाथि प्रतिबन्ध लगाएको जिकिर गरे । प्रवक्ता बास्कोटाले संगठित अपराध ऐन–२०७०, फौजदारीलगायतका कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको पनि स्पष्ट पारे । त्यस्तै, सरकारले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन पनि विप्लव समूहलाई आह्वान गर्ने निर्णय गरेको छ ।

FILE PHOTO/Mukunda Kalikote


ताजा खबर

Loading...
Loading...
Loading...