बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र जलेश्वरबाट मलंगवा पुगे

काठमाडौं १ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो सर्लाही आएका छन् ।

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे मलंगवा आइपुगेका उनले स्थानीय दुर्गा भवानी मन्दिरमा पूजा अर्चनासमेत गरे ।

स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तछाड मछाड गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षाकर्मी र स्वयंसेवकलाई भीड नियन्त्रण गर्नसमेत कठिन भएको थियो । –नागरिक दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...