आक्रामक बन्ने विप्लवको संकेत : प्रहरीको यस्तो रणनीति

चैत १, काठमाण्डौ । विप्लवको पार्टीले राजनीतिक चरित्र गुमाएको र अपराधिक समुह बन्दै गएको भन्दै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विप्लवको पार्टीले यो निर्णयको कडा प्रतिवाद गर्ने बताएको छ ।

यता प्रहरी पनि सरकारले प्रतिबन्ध लगाएसँगै चन्द नेतृत्वको नेकपाप्रति कडा रुपमा प्रस्तुत हुने भएको छ । जसले मुलुकमा मुठभेड निम्तिने हो की भन्ने त्रास बढेको छ ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउले निर्णय गरेसँगै विप्लव समुहले झनै आक्रामक बन्ने चेतावनी दिएको छ । उसले सरकारले लगाएको प्रतिबन्ध लोकतन्त्र र संविधान विपरित भएको भन्दै त्यसको प्रतिरोधमा उत्रिने धम्कि दिएको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल

शान्तिपूर्ण कार्यक्रममा प्रतिवन्ध लगाउने सरकारको कदम प्रतिगमनकारी भएको भन्दै यसको रणनीतिक प्रतिरोध गर्ने चन्द नेतृत्वको नेकपाले चेतावनी दिएको छ । नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले प्रतिबन्ध लगाउँदैमा आफूहरुको लक्ष्य नरोकिने बताएका छन् ।

अर्ध भूमिगत अवस्थामा रहेका ढकालले प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै देशमा आफूहरुले नभै सरकारले नै द्धन्द्ध सृजना गर्न खोजेको पनि आरोप लगाए ।

चन्द नेतृत्वको पार्टीले झनै आक्रामक बन्ने चेतावनी दिइरहदा प्रहरीले पनि सरकारको निर्णय बमोजिम आक्रामक रुपमा प्रस्तुत हुने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले अब समाजमा त्रसित बनाउने र आतंक फैलाउनेलाई तत्कालै कारबाहीको दायरमा ल्याउने जानकारी दिए ।

सरकारको प्रतिबन्धको निर्णयपछि विप्लव समुह र प्रहरी दुबै आक्रामक बन्ने रणनीतिका साथ अघि बढेका छन् । जसले मुलुकलाई मुटभेठ तर्फ अघि बढाउने संकेत देखिएको छ । आम नागरिकमा सरकारको निर्णय पछि थप त्रसित र आतंकित बन्नु पर्ने हो की भन्ने चिन्ता देखिन थालेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...