कमल थापाको आरोप : लोकतन्त्रको नाममा लुटतन्त्र चल्यो

भक्तपुर, चैत १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बताएका छन् ।

भक्तपुरको सूर्य्विनायकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले नेपालको परम्परागत धार्मिक, सांस्कृतिक पहिचानमाथि आक्रमण भइरहेको, गरिवी र बेरोजगारीको समस्या विकराल भइरहेको आरोप लगाए ।

उनले विगत १२ वर्षको राजनीतिक अनुभवबाट राष्ट्रिय प्रजातान्त्र पार्टीले मुलुकलाई संकटबाट मुक्त तुल्याउने क्रममा जनतालाई जगाउने र सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा आयोजना गरेको बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...