वडिआई मान्यताको एक वर्ष : खेलाडिको मिहिनेत विरुद्ध सरकार

चैत २, काठमाण्डौ । नेपालले आइसीसीको वान डे इन्टरनेशनल ओडिआई राष्ट्रको मान्यता पाएको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा नेपाली क्रिकेटले जति सफलता हात पार्नुपर्ने त्यति उपलब्धि भएन । खेलाडिले आफ्नो क्षमताको भरपूर प्रयोग गरे पनि सरकारले क्रिकेट खेललाई प्राथमिकतामा पारेको देखिएन ।

ठिक एक वर्षअघि नेपालले जिम्बावेमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर दौरान एसोसिएटतर्फ उत्कृष्ट तीन राष्ट्रभित्र पर्दै उक्त उपलब्धी हासिल गरेको थियो । यो एक वर्षको अवधीमा नेपालले दुई राष्ट्रसँग दुईपक्षिय ओडिआई सिरिज खेल्यो । जसमध्ये एक मा जित र एकमा हारको नतिजा नेपालले हात पार्याे ।

यस समयमा नेपालले कूल ६ ओडिआई म्याच खेल्दा ५० प्रतिशत खेल अर्थात ३ खेल जित्यो भने ३ खेलमा हार बेर्होयो । गत वर्ष मार्चमा ४ वर्षको लागि पहिलो पटक ओडिआई स्ट्याटस पाएपछि नेपालले अगष्टमा नेदरल्याण्डसँग पहिलो ओडिआई सिरिज खेलेको थियो । दुई खेलको उक्त ऐतिहासिक सिरिज नेपालले १–१ को बराबरीमा टुङ्गायो ।

नेदरल्याण्ड विरुद्ध उसैको मैदानमा खेलेको सिरिजको पहिलो खेल हारेपनि नेपालले दोस्रो खेलमा कमब्याक गर्दै उत्कृष्ट प्रदर्शन गर्यो र डच टोलीमाथि अन्तिम बलमा १ रनको रोमाञ्चक जित हात पार्न सफल भयो । ऐतिहासिक सिरिज खेलेको झण्डै ६ महिनापछि नेपालले युएईसँग २०१९ को जनवरीमा ओडिआई सिरिज खेल्यो। टी २० र ओडिआई सिरिज एउटै समयमा भएको थियो जसमा नेपालले दुवै सिरिज जित्त्दै ऐतिसहिक सफलता हात र्पायो ।

युएई विरुद्ध उसैको मैदानमा खेलेको दुवै सिरिजमा नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जितेको हो । यी दुई सिरिज बाहेक नेपालले अर्को ओडिआई म्याच एसिया कप छनोटमा खेलेको थियो । नेपाल र युएई दुवै ओडिआई राष्ट्र भएकाले मलेसियामा भएको छनोटअन्तर्गत नेपाल र युएई खेलले ओडिआई मान्यता पाएको थियो । उक्त खेलमा भने नेपाल पराजित भएको थियो ।

६ राष्ट्र सहभागि छनोटमा शीर्ष दुई भित्र पर्न नसकेपछि नेपाल एसिया कपमा छनोट हुन सकेन। यस्तै चौथो भएका कारण नेपालले इमर्जिङ कप पनि खेल्न पाएन । अन्तराष्ट्रिय क्रिकेटमा एक दिवसीय मान्यता पाउनुलाई ठूलो सफलता मानिन्छ । नेपालले उक्त सफलता हासिल गरेपछि समग्र क्रिकेटको अवस्थामा नै धेरै सुधार हुने अपेक्षा गरिएको थियो । सरकारले पनि उत्तिकै प्राथमिकता दिएर क्रिकेटको विकासका लागि छलाङ मार्ने विश्वास धेरैमा थियो ।

तर त्यसो हुन सकेन । अन्तराष्ट्रिय क्रिकेट परिषदले नेपालको क्रिकेट विकासका लागि स्थापना गरिएको संस्था नेपाल क्रिकेट एसोसियसनलाई निलम्बन गरेको धेरै वर्ष भइसक्यो । उक्त निलम्बन अझै फुकुवा हुन सकेको छैन ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने आश्वासन दिएको पनि एक महिना नाघिसकेको छ ।

दुई वर्षदेखि नेपाली क्रिकेट खेलाडिले पाउन नसकेको पारिश्रमिक भने केही समयअघी मात्रै प्राप्त गरेका छन् । नेपालको क्रिकेटको कुरा गर्दा अहिलेसम्म जे जति सफलता हात परेको छ, त्यसको जस सरकारले लिन सकेको छैन । खेलाडिको महिनेतलाई नै सफलताको मुख्य कारक मानिदै आएको छ । हुन पनि हो, अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानलगायतका पूर्वाधार नहुँदा प्राप्त सफलता अतुलनिय नै छ ।


ताजा खबर

Loading...
Loading...
Loading...