घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता

काठमाडौं ३ चैत । उनीहरु नेपालकै बासिन्दा हुन् । सरकारी काम परे गाउँपालिकामै पुग्नुपर्छ । तर उनीहरुले बर्सेनि भारतीय प्रशासनलाई बर्सेनि तिरो तिर्छन् । तिरोमा नगद र जिन्सी दुवै पर्छन् ।

नेपाल–भारतको सीमा नदी मोहनापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएका कैलारी गाउँपालिका–३ का मोहनपुर र शिवरत्नपुर तथा ७ को हौसलपुरका बासिन्दाले हरेक माघ १ मा निकुञ्ज प्रशासनलाई बार्षिक तिरो तिर्छन् ।

मोहनपुरका ६१ घरपरिवारले चन्दन चौकी वन पोस्टमा १० किलो चामल र ५ किलो हल्दी बुझाउने गरेका छन् ।

शिवरत्नपुरका ८४ घरपरिवारले बार्षिक प्रतिघर ३ सय रुपैंयाँ निकुञ्ज प्रशासनलाई बुझाउँछन् । हौसलपुरका ३५ परिवारले ४ पसेरी (१० किलो) चामल निकुञ्जलाई दिंदै आएका छन् ।

‘तिरो बुझाएवापत निकुञ्ज छेउको जंगलबाट घाँस, दाउरा बटुल्ने र बाख्रा चराउने सुविधा पाएका छौं’, शिवरत्नपुरका रुपलाल चौधरीले भने ।

स्थानीय फूलराम चौधरीले वार्षिक तिरो तिरेर निकुञ्ज प्रशासनलाई खुशी पार्नु आफूहरुको बाध्यता भएको बताए । -कान्तिपुर दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्