देशभरका आयोजनाको प्रगति सिंहदरबारबाटै ‘लाइभ’

काठमाडौं ३ चैत । सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबारबाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यस्तो योजना अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सोचअनुसार अघि बढेको यो योजना अन्तर्गत कुन ठाउँमा केकस्ता आयोजना छन् र तिनको अवस्था के छ भनेर सिंहदरबारबाटै संवाद गर्न मिल्ने बताइएको छ ।

यसका लागि सरकारले तत्काल समस्या समाधान केन्द्र स्थापना गरेको छ ।

केन्द्रकी शाखा अधिकृत इन्दिरा आचार्यले यो योजनाअनुसार प्रत्यक्ष संवाद कक्ष स्थापना र व्यवस्थापन हुँदै गरेको जानकारी दिइन ।

‘एउटा सिस्टमबाट जहाँ पनि हेर्न मिल्छ, निर्माण सम्पन्न हुन नसक्नाको कारण प्रत्यक्ष संवादबाट लिन सकिन्छ’, आचार्यले भनिन, ‘यो सिस्टमबाट काममा तीब्रता आउने र भइरहेका कानुनी र ब्यवसायिक अलमल अन्त्य हुने विश्वास छ ।’ -नेपाल समाचारपत्र दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...