एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

काठमाडौं, ३ चैत । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको छैटौं राउण्डको खेलमा स्वान्सी सिटीलाई ३-२ गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो । म्यानचेस्टर सिटीले नाटकीय प्रदर्शन गर्दै जित हात पार्‍यो ।

सुरुवाती समयमै दुई गोलले पछि परेको म्यान्चेस्टर सिटीले उत्कृष्ट पुनगरागमन गर्दै तीन गोल गर्न सफल भयो । म्यानचेस्टर सिटीका लागि बेर्नान्डो सिल्भा र सर्जियो अग्युएरोले गोल गरे । एक गोल भने स्वान्सी सिटीका खेलाडीले आत्मघाती गरेपछि उपाहार स्वरुप पाएको थियो । स्वान्सी सिटीका लागि भने मट ग्रिमेस र बेरसान्ट सेलिनाले गोल गरेका थिए ।

खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीबाट गोल गर्दै स्वान्सीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा स्वान्सीका लागि सेलिनाले गोल गर्दै दोब्बर अग्रता दिलाए ।

पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो । ६९औं मिनेटमा सिल्भाले गोल गर्दै २-१ को स्थितिमा ल्याए । ७८औं मिनेटमा स्वान्सीका खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेपछि म्यानचेस्टर सिटीले २–० गोलको बराबरी बनाएको थियो ।

८८ औं मिनेटमा सर्जियो अग्युएरोले निर्णायक गोल गर्दै म्यानचेस्टर सिटीलाई ३–२ गोलको जित दिलाउँदै सेमिफाइनलमा पुर्‍याए । एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...