अङ्गीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन (नामसहित)

काठमाडौं, ७ चैत्र । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा समितिका सदस्यहरुबीच अङ्गीकृत नागरिकताको विषयमा मतभेद भएपछि सो समस्या समाधान हुने गरी आवश्यक सुझाव दिन पाँच सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट विजय सुब्बा, यशोदा सुवेदी र नवराज सिलवाल, नेपाली काँग्रेसका तर्फबाट देवेन्द्रराज कँडेल र संघीय संमाजवादी फोरम, नेपालका तर्फबाट रामसहाय प्रसाद यादव रहेको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपालडटकम


ताजा खबर

Loading...
Loading...
Loading...