‘सरकारलाई अनुकूल हुने तथ्याङ्क मात्र प्रस्तुत गरियो’

काठमाडौँ, १० चैत । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेता सुरेन्द्रराज पाण्डेले सरकारले आफूलाई अनुकूल हुने तथ्याङ्कमात्र प्रस्तुत गरेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन बढेको तथ्याङ्क प्रस्तुत गरेर कुल गार्हस्थ उत्पादनको वास्तविकता सार्वजनिक नगरेको टिप्पणी गरेका हुन।

“सरकारले आफ्नो कार्यकालमा गरेका उपलब्धिको सही तथ्याङ्क प्रस्तुत गरोस्, अघिका तथ्याङ्क ल्याएर उपलब्धि देखाउने नहोस्, विसं २०४६ सम्मको उपलब्धि र त्यसपछिको तथ्याङ्कको सही विश्लेषण हुनुपर्छ”, पाण्डेले भने। एक वर्षको संसदीय गतिविधिमा सरकारको छायाँ बन्न पुगेका आरोप लगाउँदै उनले संसदीय सर्वोच्चताको सम्मान गर्न अनुरोध गरे।

 


ताजा खबर

Loading...
Loading...
Loading...