Logo

नेपाललगायत आठ वटा राष्ट्रको सहभागितामा कतारमा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुने



काठमाडौं, १४ चैत्र । अन्तर्राष्ट्रिय व्यापार सम्मेलन नेपालको आयोजनामा नेपाललगायत विश्वका आठ वटा राष्ट्रको सहभागितामा अन्तर्राष्ट्रियस्तरको व्यापार सम्मेलन हुने भएको छ ।

बिहीवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराइएको हो । उक्त सम्मेलन कतारमा हुन गैरहेको आयोजकले जनाएको छ । आगामी २८ अप्रिलदेखि मे १ सम्म हुने उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले बताएको छ ।

नेपालबाट उक्त सम्मेलनमा भाग लिने प्रतितिधिहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पनि आयोजकले जनाएको छ । नेपाली उत्पादनलाई विश्वस्तरमा चिनाउने एक अवसरको रुपमा रहेको उक्त सम्मेलनमा नेपालबाट साना तथा मझौला व्यवसायीहरुले सहभागिता जनाउन सक्ने पनि आयोजकले स्पष्ट पारेको छ ।

कार्यक्रममा बोल्दै कतारबाट आएका प्रतिनिधि मोहमोद साजरदिनले उक्त व्यापार सम्मेलनबाट नेपालको व्यवसाय विस्तारमा ठुलो योगदान पुग्ने अपेक्षा रहेको विश्वास दिलाए ।

कतार आफैंमा व्यापार तथा लगानीका लागि उपयुक्त देश रहेको भन्दै उनले नेपालमा उत्पादन भएका वस्तुलाई बिश्वसामु चिनाउन उक्त सम्मेलन सुनौलो अवसर भएको पनि स्पष्ट पारे । उनले भने,‘ग्लोबल नेटवर्क अफ इम्पोईको रुपमा हामीले व्यवसायको अवधारणा ल्याएका हौं । कतारमा रहेर नेपालीहरुले पनि आफ्नो व्यवसायको विस्तार गर्न सक्ने छन् ।’

अहिले कतारमा ब्यापारको ठुलो हिस्सा रहेको बताउदै उनले यस्ता कार्यक्रमबाट दुई देशबीचको व्यापार–व्यवसाय बिस्तारमा समेत महत्व राख्ने उनको धारणा थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सदस्य अगम कुमार बान्तवाले सम्मेलनबाट नेपालले ठुलो लाभ लिनसक्ने जनाए । अहिले देशमा लगानी सम्मेलनको आयोजना हुन गैरहेको बताउदै उनले यस्ता सम्मेलनबाट विदेशी रकम भित्र्याउन सहयोग पुग्नेपनि जनाए ।

उनले थपे,‘हाम्रो देशमा निर्यात गर्न सकिने थुप्रै बस्तुहरु छन्, निजी क्षेत्रको सहयोगबाट पुँजी आयातको लागि यो सम्मेलन कोसेढुङगा सावित हुनेछ ।अहिले विदेशी राष्ट्रहरुले नेपालमा लगानीको उपयुक्त वातावरण खोजिरहेका छन् ।’ उनले व्यापारबाटै देशले परिवर्तनको मुहार फेर्नसमेत सहयोग पुग्ने उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय व्यापार सम्मेलन नेपालका अध्यक्ष रबिन घिमिरेले उक्त सम्मेलनमा नेपालसहित आठ ओटा राष्ट्रहरुको सहभागिताबारे जानकारी गराए ।

कतारको राजधानी दोहामा हुने उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले नेपालमा उत्पादन भएका कफी, चिया, अलैंचीलगायत वस्तुहरु निर्यातको वातावरण बनेकोबारे प्रष्ट पारेका छन ।

सम्मेलनले नेपाली लगानीकर्तालाई पनि कतारमा लगानीको वातावरण बनाउने विश्वास ब्यक्त गरे । देशमा अहिले बेरोजगारीको समस्या यथावत रहेको बताउदै उनले सम्मेलबाट धेरैभन्दा धेरै नेपालीहरुले लाभ उठाउन सक्ने जिकिर गरे ।

आफूहरुको देशमा प्रशस्त मात्रामा निर्यातित बस्तु रहेको र उपयुक्त मुल्य नपाएको अवस्थामा यस्ता सम्मेलनले देशको अर्थतन्त्र सुधारको लागि टेवा पु¥याउनेबारे आफ्नो धारणा राखेका थिए ।

कतारमा व्यापारको ठुलो बजार रहेको बताउदै उनले नेपालीहरुलाई कतामा ब्यापारी प्रयोजनको सुविधा रहेको बारेपनि जानकारी गराए ।
त्यस्तै कार्यक्रममा बोल्दै सुप्रिम सेक्योरिटीका प्रबन्ध निर्देशक बेनुप राजभण्डारीले नेपालीहरुलाई अन्तर्राष्ट्रियस्तरमा व्यापार विस्तार गर्न नौलो अवसर भएको बताए ।

विभिन्न देशहरुबीच व्यापार स्थापना गर्न यस्ता सम्मेलनले टेवा पुग्ने भन्दै उनले नेपालीहरु आयातमामात्र सिमित नरहेर निर्यातमा सवल छन भन्ने देखाउन यस्ता सम्मेलनको अग्र भुमिका रहने स्पष्ट पारे ।

उनले भने,‘हामी नेपालीहरुले अन्तर्राष्ट्रियस्तरमा आफ्नो व्यवसाय बिस्तार गर्न सक्छौ भन्ने सन्देशपनि यस्ता सम्मेलनबाट प्राप्त हुनेछ ।’
आफ्नो देशबाट केही गर्न सक्छौं भन्दै उनले सम्मेलनबाट विभिन्न देशका व्यापारिक प्रतिनिधिहरुबीच सेतुको काम गर्ने उनको भनाई थियो ।

आफुहरुको यो पहिलो प्रयास भएको भन्दै उनले नेपाल सरकारको औद्योगीकरण नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रको भुमिका पुर्याउन सहयोग पुर्याउने दाबी गरे ।

 

पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै गुरु भण्डारीले नेपालमा लगानी भित्र्याउनका लागि उक्त सम्मेलन फलदायी हुने विश्वास दिलाए ।
देशमा अहिले कृषि पर्यटन, जलबिद्युततगायत क्षेत्रमा पुँजी आवश्यक रहेकोे भन्दै उनले लगानी भित्र्यानसमेत आफ्नो पहल रहेको समेत बताए ।

विदेशी लगानी स्वदेशमा भित्र्याउँदा देशको प्रमुख युवा शक्तिलाई स्वदेशमै रोजगारीको पातावरण निर्माणमा यस्ता सम्मेलनहरुको भुमिका महत्वपुर्ण रहने उनले स्पष्ट पारे ।

सम्मेलनमा भारत, सिंगापुर, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, हङकङ, ओमन, टर्की, सयुंक्त अरब ईमिरेट्सको सहभागिता रहने उनले जनाए ।

सम्मेलनमा बिभिन्न देशका ब्यापारीहरुको समभागिता रहने र अन्र्तराष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रर्वर्धनका साथै बजार ब्यवस्थापनपनि हुने उनको जिकिर रहेकोे थियो । सम्मेलनमा भाग लिन चाहने नेपाली व्यवसायीहरुले संस्थाको सम्पर्कमा रहेर सहभागिता जनाउनसक्ने समेत उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्