Logo

लगानी सम्मेलनमा मन्त्री पुनको प्रशंसा



काठमाडौं, १६ चैत । काठमाडौंमा हिजोदेखि सुरु भएको लगानी सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको उत्साहजनक सहभागिता रहेको छ । सम्मेलनमा मन्त्रीहरुको भूमिकाको समिक्षा गरिएको छ । यो सम्मेलनमा सबैभन्दा बढि सक्रियता उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको देखिएको छ । विदेशी लगानीकर्ताहरुले पनि मन्त्री पुनको निर्णय क्षमताको प्रशंसा गरेका छन् ।

पछिल्लो समय मन्त्री पुनले नेपालको उर्जा विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । मन्त्री पुनले लगानी सम्मेलनमा आफ्नो क्षमता र प्रस्तुति देखाएका छन् ।
मुलुकको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि जारी अन्तर्रा्िष्ट्रय लगानी सम्मेलनअन्तर्गत आज दोस्रो दिनका कार्यक्रम शुरु भएका छन् ।

होटल सोल्टी क्राउन प्लाजामा भइरहेको सम्मेलनमा दिगो यातायात पूर्वाधार र कृषि तथा जडीबुटीको विषयमा छलफल भइरहेको छ । नेपालको पूर्वाधार विकासमा कसरी अन्तर्रा्िष्ट्रय सहयोग जुटाउन सकिन्छ भन्ने विषयमा सो क्षेत्रका जानकारले आफ्नो धारणा राख्दै नेपालमा लगानीका लागि तयार रहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अध्यक्षता गरेका आजको पहिलो सत्रमा सडक, रेल, जलयातायातलगायत क्षेत्रका लगानीका विविध आयामबारे छलफल भयो ।



प्रतिक्रिया दिनुहोस्