आंशिक खुल्यो मलेसिया रोजगार

काठमाडौं १९ चैत । लामो समयदेखि बन्द मलेसिया रोजगार आइतबारदेखि आंशिक खुला भएको छ । भिसा आएर पनि रोकिएका कामदार मलेसिया जान थालेका छन् । नयाँ भिसाका लागि प्रक्रिया सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिनभित्र सूचीकृत हुन अनुरोध गरेको हो । मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए । दुई सय ३७ वटा संस्था संस्था दर्ता छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि जेठदेखि मलेसिया रोजगार बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम सम्झौता भए पनि प्रक्रियाका सम्बन्धमा अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।

स्वास्थ्य परीक्षणका लागि मलेसियाले नयाँ मापदण्ड पठाएपछि सरकारले गृहकार्य गरेर मापदण्ड पुग्ने संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । जेठदेखि रोकिएको मलेसिया रोजगार अब खुल्ने अन्तिम चरणमा पुगेकामा व्यवसायीसमेत खुसी देखिन थालेका छन् ।

प्रवक्ता डा.नारायण रेग्मीले मलेसियाले पठाएको मापदण्डका आधारमा सरकारले सूचना जारी सूचीकृत हुन आह्वान गरेको जानकारी दिए । रेग्मीका अनुसार यसअघि स्वास्थ्य परीक्षण गर्दै आएका ३७ वटा बायोमेट्रिक संस्थासमेत सूचीकृत हुन पाउँछन् । ‘मापदण्ड पुग्ने सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउनेछन्’, उनले भने । देशभर दुई सयभन्दा बढी स्वास्थ्य परीक्षण गर्ने संस्था छन् ।

कलिङ भिसा सुरु भएसँगै करिब सात हजार कामदार मलेसिया आइतबारदेखि जान थालेका छन् । ‘आइतबारदेखि नै कलिङ प्राप्त कामदार जान थालिसकेका छन्’, उनले भने, ‘केही दिनभित्र कलिङ भिसा सबै जाने छन् ।’ अलमल र अश्चित अवस्थामा रहेका कामदार मलेसिया जान पाउने निर्णय भएसँगै खुसी देखिएका छन् । सिरहाका रोकश बर्मा सेक्युरिटी भिसामा मलेसिया जान पर्खेको छ महिनाभन्दा बढी भइसक्यो । भदौमा कलिङ भिसा प्राप्त गरेका उनी जान नपाउँदा तनावमा थिए । सरकारले कलिङलाई खुला गरेसँगै उनी मलेसिया जाने तयारीमा जुटेका छन् । उनले सेक्युरिटी कम्पनीमा काम गर्दा खानासहित ६० हजार रुपैयाँ पारि श्रमिक पाउने तय भएको बताए ।

‘आजभोलि भन्दाभन्दै यतिका समय भइसक्यो’, उनले भने, ‘अब त मलेसिया जान पाइँदैन होला भन्ने लागिसकेको थियो’, उनले भने, ‘तर अब छिट्टै जान पाइने निर्णयले खुसी लागेको छ ।’ बर्मा सन् २००६ मा कतार पुगेका थिए । एक वर्षमै कम्पनी बन्द भएपछि रित्तो हात घर फकिर्नुप¥यो । सन् २०१३ मा साउदी पुगेका उनी दुई वर्ष त्यहाँ काम गरे । साउदीमा पनि सन्तोषजनक कमाइ हुन नसकेपछि नेपाल फर्केर मलेसिया जाने योजना बनाएका बर्मा लामो समयसम्म मलेसिया रोजगार नखुल्दा अन्योलमा थिए ।

१० महिनासम्म मलेसिया नखुल्दा रेमिट्यान्स पनि घट्ने देखिएको छ । गत वर्ष रेमिट्यान्समा मलेसियाको योगदान करिब एक तिहाइ थियो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसमध्ये दुई खर्ब रेमिट्यान्स मलेसियाबाट आएको थिया े। मलेसियामा कामदार जान नपाउँदा अर्को वर्ष रेमिट्यान्समा असर पर्न सक्ने अर्थविद् बताउँछन् ।

नयाँ मापदण्डका आधारमा प्रतिश्पर्धात्मक ढंगबाट स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट हुने प्रवक्ता रेग्मीले बताए । मलेसियाले विद्यमान संस्था हटाउन नचाहँदा र नेपाल सरकार त्यही संस्थाबाट कामदार पठाउन अनिच्छुक देखिँदा सम्झौता भएको चार महिना बितिसक्दा पनि पनि कामदार मलेसिया जान पाएका थिएनन् । समझदारीअनुसार कामदार निःशुल्क मलेसिया जान पाउनेछन् । उनीहरूले लेबीसमेत तिर्नुपर्ने छैन । भिसालगायत प्रक्रियाको खर्च रोजगारदाताले नै तिर्ने भएपछि कामदारलाई राहत हुने भएको छ । अन्नपूर्णपोष्टबाट


ताजा खबर

Loading...
Loading...
Loading...