खानेपानी ट्याङ्की निर्माण शुरु

हेटौँडा, २१ चैत । स्वच्छ खानेपानीको हाहाकार भइरहेको भीमफेदी गाउँपालिकामा रु एक करोड २८ लाख लागतमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले आज शियान्यास गर्नुभएको सो ट्याङ्कीको निर्माण केयर नेपाल र गाउँपालिकाको संयुक्त लगानी रहेको छ ।

उक्त ट्याङ्कीको भण्डारण क्षमता एक लाख ५० हजार लिटर रहेको छ । ट्याङ्कीको निर्माणबाट साविक भीमफेदी बजार क्षेत्रका ४०० घरपरिवार तथा त्यहाँ रहेको क्षेत्रीय कारागारका कैदीलाई खानेपानी उपलब्ध हुने अध्यक्ष लामाले बताउनुभयो । कारागारमा ९०० कैदीबन्दी क्षमता छ । स्थानीयको श्रमदानसहित खानेपानी ट्याङ्की निर्माण भइरहेको छ ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । उपमहानगरपलिकाको चालू आर्थिक वर्षको हालसम्म रु २२ करोड ६० लाख आम्दानी भएको उपप्रमुख मीना लामाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

चालू आवको अन्त्यसम्ममा रु एक अर्ब ८७ करोड आम्दानी हुने अनुमान गरिएको छ । उक्त रकम स्वीकृत रकमभन्दा १५ प्रतिशत बढीअर्थात् रु २४ करोड ६२ लाख बढी हो । सो अवसरमा प्रमुख हरिबहादुर महतले उपमहानगरको कार्य व्यवस्थित र प्रभावकारी बनाउँदै लगिएको जानकारी दिनुभयो ।


ताजा खबर

Loading...
Loading...
Loading...