इङ्लिस प्रिमियर लिग : लिभलपुल शीर्ष स्थानमा फर्कियो

काठमाडौं, २३ चैत । साउथ ह्याम्पटनलाई हराउँदै लिभलपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाहा पुनः एक पटक नायक बने ।

एकल प्रयासमा गोल गर्दै उनले लिभरपुलको जितको बाटो तय गरेका थिए । घरेलु टोलीले खेलको नवौँ मिनेटमा साने लङको गोलबाट अग्रता बनाएको थियो । लिभरपुलका नाबी केईटाले ३६ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । सलाहले ८० औं मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

खेल सकिन ४ मिनेट बाँकी रहँदा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुुलको जित सुनिश्चित गरे । शीर्ष स्थानमा फर्किएको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ । साउथ ह्याम्टन ३३ अंकसहित रेलिगेसन जोन भन्दा दुई स्थान माथि छ । एजेन्सीको सहयोगमा 


ताजा खबर

Loading...
Loading...
Loading...