Logo

राप्रपाको प्रर्दशनमा जे देखियो(तस्विरसहित)



काठमाडौं,२५ चैत्र । राजसंस्थासहितको हिन्दु राष्ट्रको माग राखेर भृकुटीमणडपमा धर्नामा बस्‍ने तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्‍यक्ष कमल थापालाई गिरफतारको प्रयास असफल भएको छ ।

निषेधित क्षेत्र घोषणा गरेको स्थानमा पुग्‍नुअघि नै पद्मोदय मोडमा प्रहरीले थापालाई नियन्त्रणको प्रयास गरेको थियो । प्रहरीले थापालाई पक्राउ गरेपछि कार्यकर्ताहरुले उनलाई प्रहरीको नियन्त्रणबाट छुटाउन सफल भएका थिए । प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेपछि करीब सय जना घाइते भएको र त्‍यसमध्‍य १६जनालाई गम्भीर चोट लागेको बताईएको छ ।अध्‍यक्ष थापा सहित घाइतेहरुको मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ।

फोटोः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्