च्याम्पियन्स लिग : बार्सिलोनाद्वारा म्यान्चेस्टर युनाईटेड पराजित

काठमाडौं, २८ चैत। युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ । गएराती म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना १–० ले विजयी भयो ।

पाहुना टोलीलाई साँघुरो जित दिलाउन म्यान्चेस्टरका लुक शहले एक आत्माघाती गोल गरे । खेलको १२ औं मिनेटमा शहले गरेको आत्माघाति गोल बार्सिलोनालाई जिताउन पर्याप्त रह्यो । हारपछि म्यान्चेस्टर युनाइटेडको सेमिफाइनल पुग्ने संभावना कठिन बनेको छ ।

एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...