त्रिभुवन विमानस्थल काण्ड : एउटै उडानले महानिर्देशकलाई स्पष्टीकरण

चैत २८, काठमाण्डौ । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल अहिले अस्तव्यस्त भएको छ । मर्मतका लागि उडानको समय घाटाइएपछि प्रभावित भएको हो । यसबीचमा एउटा उडान प्रभावित भएपछि विमानस्थल व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द गर्नुपर्ने भएकोले अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा लापरबाही देखिन थालेको छ । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकोमा महाप्रबन्धक राजकुमार क्षत्री अनुसन्धानमा तानिका छन् । एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन । तर फ्लाई दुबइको उडान रोकिँदा २ सय ७४ यात्रु रहेको विमान रोकिँदा डेढ सयभन्दा बढी यात्रु रातभर जहाजभित्रै बसेका थिए ।

यो घटना हुनुमा गम्भीर त्रुटी भएको भन्दै सरकारले क्षेत्रीसँग स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । तर क्षेत्रीले भने आफूले यात्रुको सहजताका लागि उडान तलमाथि गरे पनि अनावश्यक आरोप लगाइएको दुखेसो गरेका छन् ।

राजकुमार क्षेत्री, महाप्रबन्धक, त्रिभुवन विमानस्थल

विमानभित्र रातभर यात्रु राखेको लगायत विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन भइरहेको छ । उड्डयनकर्मीका लागि जारी गरिने सूचना लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन । तर किन दियो ? नोटामभित्र जहाज उड्न नसके विशेष परिस्थिति भए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको आदेशमा मात्रै छुट दिन सकिन्छ । स्पष्टीकरण सोधिएपछि चिन्तित भएका क्षेत्रीले भने आफूले कुनै गल्ती नगरेको दावी गरेका छन् । उक्त घटनाको सत्य तथ्य नबुझि स्पष्टीकरण सोधिएकोमा क्षेत्रीले सरकारसमक्ष गुनसो गरेका हुन् ।
बुधबार नै निगमको एक वाइडबडी विमान पार्किङ वेमा ६ घण्टासम्म रहँदा बैंककबाट आएको थाई एयरवेजको विमानले पार्किङ वे नपाएर ४० मिनेट आकाशमै होल्ड गर्नुपरेको थियो ।

विमानस्थलमा ठूला वाइडबडी पार्किङका लागि तीनवटा मात्रै वे छन् बुधबार तीमध्ये एउटामा टर्किस र अर्कोमा मलेसियन विमान थिए । दैनिक ७० हाराहारी उडान कटौती गरे पनि विमानस्थलको सही व्यवस्थापन हुन नसक्दा यस्तो स्थिति आएको हो ।


ताजा खबर

Loading...
Loading...
Loading...