विद्यार्थी भर्ना अभियानको निरन्तरता : कति प्रभावकारी ?

वैशाख १, काठमाण्डौ । सरकारले गर्ने अधिकांश अभियान सफल हुन सकेको छैन । विद्यार्थी भर्ना अभियान पनि पूर्ण रुपमा सफल हुन नसकेको सरकारी अभियान हो । यस वर्ष पनि आजदेखि हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय र्पुयाऔँ’ भन्ने नाराका साथ देशव्यापी रुपमा भर्ना अभियान सुरु भएको छ । विद्यालय पुगेका सबै बालबालिकालाई पढ्नका लागि उत्साह थप्न गरिएको विगतका भर्ना अभियान प्रभावकारी बन्न सकेको पाइदैन ।

वैशाख २ देखि १४ गतेसम्मका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनमा गरिएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान सुरु भएको हो । शिक्षा मन्त्रालयले बैशाख २ लाई राष्ट्रिय भर्ना अभियान नै घोषणा गरेर विगत केही वर्षदेखि यो अभियान संचालन गर्दै आएको छ । यस वर्ष हाम्रो नगर हाम्रो गाँउ सबै बालबालिका विद्यालय पुयाऔ भन्ने नाराका साथ विद्यालय भर्ना अभियान सञ्चालनमा ल्याइएको हो ।

गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर थिए भने यो बर्ष बढेर ९१ हजार पुगेको छ । ति बालबालिकालाई विद्यालय ल्याउने सरकारको लक्ष्य हो । अभियान अन्तर्गत सोमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान सुरु भएको छ ।

पाँचदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए । शैक्षिक सत्र २०६१ बाट भर्ना अभियान थालिएको हो । त्यस वर्ष प्राथमिक तहको खुद भर्ना दर ८० प्रतिशतमात्र थियो । औसतमा प्रतिवर्ष डेढ प्रतिशतका दरले खुद भर्ना दरमा सुधार आएको छ । संविधानले माध्यमिक तहसम्म निस्शुल्क शिक्षाको व्यवस्था गरेको छ ।

यस्तो अवस्थामा विद्यार्थीलाई विद्यालयमा टिकाउनका लागि उनीहरूका अभिभावलाई पनि छोराछोरीलाई विद्यालय पठाउन किन जरुरी छ भनेर बुझाउन जरुरी रहेको देखिन्छ ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्