‘प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करमात्रै’

वैशाख ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारले गरेको क्रियाकलापको आलोचना गर्न बाध्य भएको बतएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले गर्न नसकेको काम सम्झाएर सरकारलाई औषधी खुवाउनुपरेको बताए ।

नेपाली कांग्रेसले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर केपी ओली नेतृत्वको सरकार २०७५ सालभरी असफल भएको धारणा सार्वजनिक गरेको थियो । वाइडवडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम मुछिएकोबारे भने भण्डारीले खण्डन गरे । देउवाले नै विमान खरिदमा भएको भ्रष्टाचारको छानविन गर्न देउवाले नै दबाब दिएको भन्दै भण्डारीले आरोप सत्य नभएको जिकिर गरे ।

पछिल्लो समय भ्रष्टाचार न्यूनिकरण गर्न ओली नेतृत्वको सरकार असफल भएको भण्डारीको आरोप छ । प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु बसेको तर कारबाही हुन नसकेको भण्डारीको जिकिर छ ।


ताजा खबर

Loading...
Loading...
Loading...