‘जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खुला’

काठमाडौं, ४ वैशाख । जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई बाबु र आमा दुवै नेपाली नागरिक भए वंशजको नागरिकता दिन सर्वोच्चले बाटो खोलेको छ।

उनीहरूलाई वंशजको नागरिकता दिन गृहले चैत १९ गते जारी गरेको परिपत्र विरूद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नहुने निर्णय गरेपछि कार्यान्वयनमा जाने भएको छ।

उक्त परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको पहिलो सुनुवाईमा सर्वोच्चले आजसम्मलाई अन्तरिम आदेश जारी गरेको थियो।


ताजा खबर

Loading...
Loading...
Loading...