इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

जकार्ता, ४ बैशाख । इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ ।पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ ।

राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिनुभएको मतसर्वेक्षणहरुले देखाएका छन् । विडोडोले सन् २०१४ मा पनि जनरल सुबियान्तोलाई नै झिनो मतान्तरमा पराजित गर्नुभएको थियो ।

अधिकांश मतसर्वेक्षणहरुले विडोडो नै निर्वाचित हुने अनुमान गरेका छन् । तर विपक्षीहरुले चुनावमा कडा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।सेतो सर्ट र परम्परागत पेकी टोपी लगाएर बोगोरको मतदान केन्द्रमा पुग्नुभएका सुबियान्तोले आफू यसपटक निर्वाचित हुनेमा पूर्ण रुपमा विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रपति विडोडोले भने प्रथम महिला इरियाना विडोडोका साथ राजधानी जकार्तामा मतदान गर्नुभएको थियो ।“मैले सन्तोषको श्वास फेरेको छु,” मतदान गरेपछि सञ्चारकर्मीसँग विडोडोले भन्नुभयो ।

मतदान सकिएको दुई घण्टापछि नै मतदान केन्द्रहरुबाट नमुना मतपत्रका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने निर्वाचन आयोगले तयारी गरेको छ । तर राष्ट्रपतिमा विजयीको घोषणा बुधबार अपराह्नसम्ममा गरिनेछ, तर राष्ट्रपतिका विजयीको औपचारिक घोषणा मे महिनामा मात्र हुनेछ ।चुनावमा कुनै विवाद उत्पन्न भएमा संवैधानिक अदालतले छिनोफानो गर्ने संवैधानिक प्रावधान रहेको छ ।एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...