शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्छ : भण्डारी

काठमाडौं, ४ बैशाख । नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्नेमा जोड दिए । शुल्क वृद्धिको नाममा अभिभावकको ढाड सेकाउने काम र शोषण गर्ने काम गर्न नहुने उनको भनाई छ ।

शिक्षा नीति बलियो बनाउने खालको हुनुपर्ने पनि उनको धारणा छ । उनले भने,‘शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतिहरु रोक्नुपर्छ ।’ शिक्षामा सरकारले बजेट कम विनियोजन गरेकोमा पनि उनले गुनासो पोखे । विद्यालय भर्ना अभियानकै प्रसँगमा उनले चैत्र/बैशाखको समयलाई अभिभावकको लागि दशा र निजी विद्यालयहरुलाई दशैंको संज्ञा दिए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्