‘तीन महिनाभित्र उपनिर्वाचन गराउँछु’

काठमाडौं, ४ बैशाख । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरमा समेत उपचुनाव हुन सकेको छैन ।

थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना समेत पेश गरेका छन् । उनले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाएका छन् ।

थपलियाले आफू प्रमुख निर्वाचन आयुक्त हुनको लागि योग्य र सक्षम रहेको दाबी गरे । ‘तपाईंहरु सुनुवाइ समितिको बिश्वासलाई खण्डित र आँच आउन दिने छैन ।’

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal


ताजा खबर

Loading...
Loading...
Loading...