श्रीमानको कुटाईबाट पर्सामा एक महिलाको मृत्यु

पर्सा, ६ वैशाख । श्रीमानको कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको हो ।गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो ।

पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ । अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमान्सहितका ससुराली पक्ष फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

उहाँले अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइतीपक्षको जिम्मा लगाएको बताउनुभयो ।घटनामा संलग्न रहेका श्रीमान् दासलगायतकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्