राजपाको बैठक स्थगित्, भोलि १ बजे बस्ने

काठमाडौं, ८ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालको आजबाट सुरु भएको पदाधिकारी बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित् भएको छ । राजपा नेपालका महासचिव केशब झाका अनुसार बैठक सुरु हुनै लाग्दा महोत्तरीका मेयरको निधनको खबर आएकोले बैठक भोलि दिउँसो एक बजेसम्मका लागि स्थगित् भएको हो ।

उनले भने,‘बैठक सुरु गर्न लाग्दा महोत्तरीको मेयर निधनको खबर आयो, शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित् गरेका छौं । बैठक भोलि एक बजे बस्छ ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com


ताजा खबर

Loading...
Loading...
Loading...